२० बैशाख २०८३, आइतबार | May 3, 2026

सत्ता गठबन्धनबीच जुटेन सहमति, भोलि फेरि छलफल हुने



काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक निश्कर्ष बिनै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि मंगलबार पुन: बस्ने गरी बैठक सारिएको छ ।

देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरी दुईपटक बैठक बसेको थियो । तर, दुबै बैठकबाट सहमति जुट्न सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५७ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको