२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

फुटबल संघ खोटाङको अध्यक्षमा पुन: ध्रुबबिक्रम



खोटाङ । जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् ।

राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए । संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन् ।

फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेसन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए ।

खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो । फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् ।

जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको