२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् ।

सशस्त्र प्रहरीका १० औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११ औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् ।

सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको १३ दिनपछि अर्याल सशस्त्र प्रहरीको १२ औं आईजीपी बन्नेछन् ।

अर्याल सशस्त्रमा कार्यरत डीआईजीमध्ये वरिष्ठ हुन् । एआईजी बढुवाका लागि डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीधर दाहालले आवश्यक कागजात बुझाएर दाबी पेस गरे पनि सरकारले वरिष्ठताक्रममा अघि रहेका अर्यालको नाम एआईजीका लागि सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा परेका अर्याल नै अबको चुनावी नेतृत्व सम्हाल्ने गरी सशस्त्र प्रहरीको आईजीपी बन्ने पक्का भएको हो ।

नेपाल प्रहरीमा पनि १८ वैशाखबाटै हालका आईजीपी शैलेश थापा क्षत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि नेपाल प्रहरीमा पनि नयाँ आईजीपीको इन्ट्री हुनेछ ।

नेपाल प्रहरीमा एकै ब्याचका चार एआईजीहरू आईजीपीको दौडमा छन् । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अन्य तीन जना एआईजीभन्दा डेढ वर्षअघि नै अर्थात् २०७७ मंसिरमा एआईजी बढुवामा परेका हुन् । अरू दाबेदारभन्दा पहिल्यै एआईजी भएकाले उनको सम्भावना बलियो छ ।

पोखरेल पछि गत असारमा एआईजी बढुवामा परेका सहकुल थापालाई पनि भावी आईजीपीका रूपमा हेरिएको छ । उनी प्रहरीको नेतृत्व लिन शक्ति केन्द्रसँग लबिङमा छन् ।

यसैगरी, पोखरेल र थापा एआईजी हुँदाहुँदै दरबन्दी नै थपेर सरकारले अन्य तीन जनालाई एआईजीमा बढुवा गरेपछि नेपाल प्रहरीमा आईजीपीमा विकल्प खोजिएको हो कि भन्ने चर्चा पनि छ ।

सरकारले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई केही समयअघि मात्रै एआईजीमा नयाँ दरबन्दी थप्दै बढुवा गरेको थियो । पन्त भने हालका आईजीपी थापासँगै अवकाशमा जानेछन् । उनी प्रहरी संगठनबाट बिदा हुँदा नेपाल प्रहरीको नयाँ नेतृत्वका लागि पोखरेल, थापा, सिंह र धानुक प्रतिस्पर्धामा रहनेछन् । यी चारै जना २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । नयाँ बन्ने आईजीपीले नै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन गराउनेछन् । सरकारले स्थानीय तहको निर्वाचन र आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाईसमेत ख्याल गरेर नयाँ आईजीपी बनाउनेछ ।

प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ ।

‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’ आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १५ बजे

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले