१० पुस २०८२, बिहिबार | December 26, 2025

बुटवलमा राप्रपाको आमसभा हुदैँ



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आम सभाको तयारी पुरा भएको छ ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।

पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्घदेल निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए । राप्रपामा अधिकाश युवा नेतृत्वमा आउदा आकर्षक बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टिको रुपमा रहेको उनले दाबी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानिय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।

राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आआफ्नो एजेण्डा राखिएको बताए । भष्ट्राचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुदा पनि आम जनमानसमा लोकप्रियता बढेको दाबी गरे ।

काग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासंगमात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको दाबी गरे । पार्टीले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र भष्ट्राचार न्युनिकरण ३ मुख्य एजेन्डा लिएर अघि बढेको उनले बताए ।

कार्यक्रममा केस तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नया शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ४६ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र