६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सर्वसम्मत सिफारिस, उप-प्रमुखमा ८ जना



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटिको बैठकले नगर प्रमुखमा एक जना र उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नगर सभापति रहेका खेलराज पाण्डेको नाम सर्वसम्मत रुपमा पठाउने निर्णय गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छायां पोखरेलले बताए ।

बुटवल उपमहानगरका १९ वटै वडा सभापतीहरु सहितको बैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको सचिव पोखरेलले जानकारी दिए ।

नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल पनि मेयरका आकांक्षी थिए ।

यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

पाण्डे अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए ।

सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्‍वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको