१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

कांग्रेस बुटवल उपमहानगरको सिफारिस अबैध भन्दै १७ स्थानीय नेताहरुले गरे विरोध



बुटवल । नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको भनिएको सिफारिस अबैध र गैरकानुनी रहेको भन्दै विरोध गरिएको छ ।

नगर समितिले विधान र प्रक्रिया मिचेर एकलौटी दिर्णय गरेको भन्दै कांग्रेस बुटवलका दर्जन बढी कार्यकर्ताहरु प्रदेश कार्यालय घेराउ गर्न पुगेका छन् ।

कांग्रेसको नगर सभापति खेलराज पाण्डेले मेयरमा आफैलाई मात्र र उप मेयरमा आफुखुसी ८ जनाको नाम राखेर सिफारिस गरेको मेयरका आकाँक्षी तथा कंग्रेस नेता हरि लम्सालले आरोप लगाए । नगर समितिका आफ्नो पक्षका सिमित सदस्यहरुलाई बोलाएर पाण्डेले निर्णय गराएको लम्सालले बताए ।

कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस नगर सचिव छाँया पोखरेलले सार्वजनिक गरेका थिए ।

सिफारिस गरिएको भनिएकाहरुको विरोधमा बुटवल कांग्रेसका १७ जना नेताहरुले एक वक्तव्य जारी गर्दै नगरसमितिले गरेको शिफारिस वदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष माग गरेका छन । नेताहरुले घरघरमा माईन्युट डुलाएर सर्वसम्मत सिफारिसमा हस्ताक्षर गराइएको उनीहरुको आरोप छ । विधान मिचेर गरिएको निर्णय मान्य हुनै सक्दैन । लम्सालले भने । असन्तुष्ट समुहले सिफारिसका विरुद्ध प्रदेश समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरु क्रमशःपर्शुराम ढकाल र खड्क वहादुर महत लगाएत महेशमान सिंह, जनक कोईराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नु प्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जित वहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोग वहादुर खत्रीको हस्ताक्षर रहेको छ ।

यस अघि बैठकले नगर सभापति रहेका खेलराज पाण्डेको नाम सर्वसम्मत रुपमा पठाउने र उपमेयरमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवालीको नाम पठाउने सिफारिस भएक नगर सचिवले जनाएका थिए ।

बुटवल उपमहानगरका १९ वटै वडा सभापतिहरु सहितको बैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको सचिव पोखरेलले जानकारी दिएका थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ४५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले