४ चैत्र २०८२, बुधबार | March 18, 2026

महानगरपछि उपमहानगरको भागवण्डामा पनि गठबन्धन दलहरुबीच सहमति, हस्ताक्षरको तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकाको नेतृत्व भागवण्डामा सहमति भएको छ । दुई दिनदेखि जारी गठबन्धनको निरन्तर बैठकले ११ वटै उपमहानगरको भागवण्डामा सहमति गरेको हो ।

गएराति मध्यरातसम्म बसेको बैठकमा नेपालगन्ज र जनकपुरधारम उपमहानगरका विषयमा सहमति जुट्न नसकेपछि बैठक निस्कर्षबिहीन बनेको थियो । अन्य ९ वटा उपमहानगरको नेतृत्व भागवण्डा भएपनि जनकपुर र नेपालगन्जमा जनता समाजवादी पार्टी जसपाले दाबी नछोडेपछि बैठक सकिएको थियो । तर, अब नेपालगन्जको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकले जनकपुरको नेतृत्व जसपाले गर्ने र नेपालगन्जको नेतृत्व कांग्रेसले पाउने गरी सहमति हुटाएको हो ।

यससहमितसँगै अब ६ वटै महानगर र ११ वटा उपमहानगरको नेतृत्वको भागवण्डा टुंगिएको छ । सहमतिपत्रमा गठबन्धनका शीर्ष नेताहरुले केही बेरमै हस्ताक्षर गर्दैछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ३७ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा