२२ चैत्र २०८२, आइतबार | April 6, 2026

गोरुसिङ्गेको सैनिक ब्यारेकमा आफैलाई गोली प्रहार गरेकी सैनिक जवानको मृत्यु



बुटवल । आफुलाई आफै गोली हानेको भनिएकी एक सैनिक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । ड्युटी गरिरहेकै अवस्थामा आफैलाई गोली प्रहार गरेकी भनिएकी नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवा स्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको उनले बताए ।

प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआईदिएपछि भैरहवामै उपचार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ०८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको