१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाँणको निर्देशन छ ।

आज विहान किरव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अक्सिजन भर्ने क्रममा अचानक विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घटनाका घाइतेहरूलाई अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : ०२ बजे

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया