२७ असार २०८३, शनिबार | July 11, 2026

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, २२ वैशाखमा काठमाडौंमा शक्ति प्रदर्शन



काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।

महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डामा हिजोमात्र सहमति जुटाउँदै देशभरका पालिकामा मिलेर चुनाव लड्न निर्देशन दिएको पाँचदलीय गठबन्धनले देशव्यापी संयुक्त चुनावी सभा गर्ने भएको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो।

सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।

यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : २० बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका