१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



सप्तरी । सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

राजविराज नगरपालिका-१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाइएकाे टेन्ट खाेल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहकाे टेन्टमा लेबरकाे काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।

मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पाेष्टमार्टमकाे लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेकाे र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५६ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो