२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



सप्तरी । सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

राजविराज नगरपालिका-१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाइएकाे टेन्ट खाेल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहकाे टेन्टमा लेबरकाे काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।

मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पाेष्टमार्टमकाे लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेकाे र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५६ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं