१७ श्रावण २०८३, आइतबार | August 2, 2026

एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल



चितवन । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेकाे हाे ।

भरतपुरमा विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेकाे छ ।

एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिका प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेतीलाई उमेदवार बनाउने निर्णय भएको छ । खैरहनीको प्रमुखमा एमालेले फेरि चौधरीलाई नै उठाउने भएको हो ।

रत्ननगर नगरपालिका प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठक र कालिका नगरपालिका प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामालाई उमेदवार बनाउने निर्णय भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले रत्ननगरको प्रमुखमा उपप्रमुख भएर एक कार्यकाल काम गरेकी दुवाडीलाई उठाउने भएको हो ।

माडी नगरपालिकाको प्रमुखमा एमालेले ताराकाजी कुमारी महतोलाई उठाउने भएको छ । महतोले पनि एक कार्यकाल नगर उपप्रमुख भएर काम गरिसकेकी छन् ।

ईच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उठाउने एमालेले निर्णय गरेकाे छ । आज पालिका वडाध्यक्षको टुंगो लाग्ने बताइएको छ ।

राप्रपाले पाएको भरतपुर र माडीको उपप्रमुखमा भने अझै टुंगो लागिसकेको छैन । त्यसका लागि राप्रपा आन्तरिक छलफलमै छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : २० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड