११ पुस २०८२, शुक्रबार | December 26, 2025

कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति पाण्डे सहित सबै पदाधिकारीले दिए पार्टीबाट राजिनामा



बुटवल । बैसाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति प्रेम पाण्डे सहित सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक विधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति सहित सबै वडा सदस्यहरुले शनिबार राजीनामा दिएका हुन् ।

पार्टीले कार्यकर्ता र मतदाताको भावना बुझेन यसरी गठबन्धन जोगाउने नाममा तिनाउ गाउपालिकामा कांग्रेसलाई रित्तै बनाउन खोजियो त्यसैले पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हौं तिनाउ गाउपालिका सभापति प्रेम पाण्डेले भने ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका पाण्डे गाउपालिका प्रमुखका आकांक्षी थिए । तर गठबन्धन बिच सहमती हुँदा उक्त पालिका नेकपा माओवादी केन्द्रका भागमा परेपछि उनीहरु असन्तुष्ट भएका हुन ।

हामी प्रजातान्त्रिक पार्टीका मान्छौं हो कसैको दासत्व स्वीकार गर्न सक्दैनौं पार्टीले स्थानिय अवस्थाको बस्तुनिष्ट बिश्लेषण नगरी पालिका प्रमुख माओवादीलाई सुम्पने काम गर्यो त्यसकारण राजिनामा दिएका हौं पाण्डेले भने ।

पाण्डेले आफुहरुले अब स्वतन्त्र ढंगले उम्मेदवारी दिने तयारी गरेका छौं साथीहरु संग छलफल गरि रहेका छौं उनले भने ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ५३ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’