२७ असार २०८३, शनिबार | July 11, 2026

गठबन्धनमा भाग नपाएपछी बुटवल काङ्ग्रेसका क्षेत्रिय प्रतिनिधिसहित १०५ जनाले दिए राजिनामा



बुटवल । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लक्षित पाच दलका केन्द्रिय नेताहरुले गठबन्धनमार्फत टुगो लगाएको स्थानिय तहका उम्मेदबारीको देशभर विरोध भएको छ ।

स्थानिय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन । धेरै ठाउमा गठबन्धनको बिरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको छ । देशकै राजनीतिको केन्द्र मानिने रुपन्देहीमा गठबन्धन पार्टीमा बिबाद उत्पन्न भईरहेको छ ।

मनोनयन दर्ताको पहिलो दिन आईतबार अबेर नेपाली काग्रेस पार्टी, वडा नंं. ३ का १ सय ५ विभिन्न पार्टीका पदाधिकारी तथा सदस्यहरुले राजीनामा दिएका छन । केन्द्रको भागबन्डाको क्रममा सो वडामा एकिकृत नेकपा माओबादीका बिष्णु ढकाललाई वडाअध्यक्ष दिने भएको भन्दै यसको विरोधमा स्थानिय काग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरुले राजीनामा दिएका हुन ।

वडामा बलियो उम्मेरबार मानिएका नेपाली काग्रेस पार्टीका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदबारलाई आफुहरुले भोट नहाल्ने उनिहरुको तर्क छ ।

सामुहिक राजिनामा दिनेहरुमा क्षेत्रिय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरु रहेका छन । यसअघि पनि क्षेत्रिय सभापतिसहित धेरैले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ३४ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका