७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलको निर्वाचन कार्यालयमा आज यस्तो देखियो… …



बुटवल । मुलुक संघीय संरचनामा गएपछि नेपालमा दोस्रो पटक स्थानीयतहको निर्वाचन हुँदैछ । गणतन्त्र स्थापना पछि हुँदै गरेको दोस्रो निर्वाचनले २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिका कामको समिक्षा गर्ने र संघीयताको कार्यान्वयनलाई थप उर्जा सहित निरन्तरता दिने कार्य गर्ने छ । मनोनयन गर्ने पहिलो दिन नेपालको मध्यभागमा पर्ने बुटवल उपमहानगरमा रमाइलो दृष्य देखिएको छ ।

बुटवल वडा नं ३ का ४५ वर्षिया ट्याक्सी चालक दिनेश भण्डारी ट्याक्सी चलाउँदै आईतबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिकाको कार्यालयमा आईपुगे । आफ्न्त र केही सहयोगीको साथमा आएका उनि बुटवलमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगे र रिटपूर्वक वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराए । भण्डारीले वडा अध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराउन आएका रहेछन । मनोनयन दर्ता गराए लगत्तै उनले संचारकर्मीसँग भने– ‘राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिले वडामा केही गर्न नसकेकोले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आएको हुँ ।’ उनले भने, ‘मेरो घर वडा नं ३ मा पर्दछ , ५ वर्षमा सडक समेत बन्न सकेन, भएको सडक पनि लथालिङ्ग छ ।’

जनप्रतिनिधिले काम गर्न नसक्दा स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको उनले बताए । ‘मरेको लाश माथि समेत जनप्रतिनिधिले राजनीतिक गरेको देख्दा स्वतन्त्र भएर वडा अध्यक्षमा उम्मेदवारी दर्ता गएका छु, अबे जित्ने नजित्ने जनताको हातमा छ ।’ उनले भने ।

नेकपा एमालेको संक्रिय कार्यकर्ता रहेको बताउँने भण्डारीले पार्टीले कारबाही गरेपनि आफु स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताए । २५ वर्षदेखि माईक्रो बसका चालक रहेका भण्डारी ४ वर्षदेखि भने आफ्लै ट्याक्सी किनेर चलाउँदै आएका छन् ।

यस्तै बुटवल वडा नं. ७ का ३२ वर्षिय प्रकाश क्षत्रीले पनि वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । अहिलेका मेयर शिवराज सुवेदीको घर रहेको वडा पनि आप्mनै वडा भएको उनी बताउँछन् । उनले पाँच वर्षमा खानेपानीको समस्या सामाधान हुन नसकेको बताउँदै जनप्रतिनिधिले पाँच वर्षको अवधीमा समेत बुटवलमा खानेपानीको सहज पहुँच पुराउन नसक्दा आफुले स्वतन्त्र उम्मेदवारी दिनु परेको उनले बताए ।

यसअघि नेकपा एमाले निकट रहेका उनले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेको बताए । आफ्नो वडामा खानेपानीको समस्या रहेकोे बताउँदै क्षत्रीले मतदाताले भोट दिएर आफुलाई जिताए खानेपानी समस्याको हल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बुटवल वडा नं ७ दिपनगर, सुख्खानगर क्षेत्रमा खानेपानीको समस्या छैन भनेर फेसबुकमा प्रचार गरिएको छ, तर अवस्था त्यस्तो छैन , आकाशबाट पानी पर्दा धमिलो पानी आउँछ, अरु बेला धारोमा पानी कति बेला आउँछ भनेर कुर्नु पर्ने अवस्था छ ।’ उनले भने ।

अहिलेको नेतृत्वमा युवा पक्तिको आवश्यकता रहेको भन्दै उनले अहिले जनताको माग युवा शक्ति भएकाले स्वतन्त्र रुपमा वडा अध्यक्षको चुनावमा होमिएको बताए ।

यस्तै बुटवल वडा नं १६ का दुधनाथ चौधरीले पनि वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरे । वडा नं १६ थारु समुदायको बाहुल्यता रहेको बस्ती भए पनि थारु समुदायबाट वडा अध्यक्ष पदको लागि राजनीतिक दलले उम्मेदवार नबनाए पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको चौधरीले बताए । अब भोलीदेखि नै चुनावी प्रचार प्रसारमा लाग्ने बताउँदै उनले वडामा आफु लोकप्रिय भएकाले चुनाव जितेर देखाउने दाबी गरे ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिकामा आईतबार र सोमबार मनोनयन दर्ता सुरु भएको हो । आईतबार स्वतन्त्र उम्मेदवार र केही राजनीतिक दलले बुटवलमा मनोनयन दर्ता गराएका छन । यस्तै जनता समाजबादी पार्टी नेपाल जसपाले मेयर र उपमेयर पदमा एकल मनोनयन दर्ता गराएको छ । सत्ता गठवन्धनमा रहेको जसपाले मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजबादी पार्टी, राष्ट्रिय प्रजातान्त्र पार्टी लगायतका दलहरुले भने सोमबार उम्मेदवारी दर्ता गराउँदै छन ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ३२ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी