६ श्रावण २०८३, बुधबार | July 22, 2026

कांग्रेसमा उम्मेदवार छान्न सकस



काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो ।

बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ । कांग्रेस विधानअनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था ।

विधानमा २५ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन् ।

यस्तै केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्यलाई राख्न सक्नेछन् । सभापतिले सदस्य प्रस्ताव गर्दा समावेशी सिद्धान्तअनुसार सिफारिस गर्नुपर्ने विधानमा उल्लेख छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई समेत संसदीय समिति सदस्यमा सिफारिस गरेका छन् ।

शुक्रबार, शनिबार र आइतबार दिनभर भएका प्रयासले सार्थक रूप नलिएपछि संसदीय बोर्ड बनाइएको हो । सत्तारूढ गठबन्धनमा भएको तालमेलअनुसार ६ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर कांग्रेसको भागमा परेको छ ।

चितवन, वीरगन्ज र पोखरामा उपमेयर कांग्रेसले पाएको छ । यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।

बाहिरका दलसँग तालमेल नगर्ने

उता सत्तारुढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहिरका अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले ७७ वटै जिल्लामा तालमेल गर्दा गठबन्धन आबद्ध दलबीच मात्रै गरिने निर्णय गरेको हो ।

बैठकले सोमबार मनोनयन दर्ता गर्नुअघि गठबन्धन बैठक बसी नमिलेका स्थानीय तहमा भागबन्डा मिलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : २२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज