१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

गठबन्धनको निर्णयअनुसार मात्रै उम्मेदवारी दर्ता गर्न पाँचै दलका नेता कार्यकर्तालाई निर्देशन



काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफनो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए । उनले भने– ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्म अनुसार अगाडी बढने र काहीँ आन्तरिक केही असमझदारीहरु छन भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने । र जनमतलाई ध्यानमा राखेर आफना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठह¥याउन सकिन्न । तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढनुको हामीसँग अहिले विकल्प छैन र अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तिव्रता दिनुपर्दछ । पाँच वर्षको अनुभवले पनि के देखाएको छ भने स्थानीय सरकारले खासगरेर सडक पुर्वाधारहरुमा उल्लेख्य काम गरेका छन । र अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडी बढाउने उद्देश्यले स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ । र स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरुलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफनो संयन्त्रमार्फत आ–आफनो दललाई निर्देशन गर्ने निर्णय भएको छ । र केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरी हुनेछन ।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको जिकिर गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०५ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा