१५ माघ २०८२, बिहिबार | January 30, 2026

पोखरामा एमालेका मेयर र उपमेयरले गरे मनोनयन दर्ता



पोखरा । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो ।

यसअघि दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनी ‘सुन चोरी काण्ड’मा परेका व्यक्ति भन्दै विवाद भएपछि थापालाई उम्मेदार बनाएको हो । थापाले प्रदेश सभाबाट राजीनामा दिएर मनोनयन दिएका हुन्न । ‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘केही गर्न बाँकी छ । यो कार्यकालमा पूरा गर्छु ।’ गुरुङ यसअघि नउठ्ने बताएकी थिइन् ।

मेयर उम्मेदवार थापा २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गरे । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन । आज अरु पनि हुनुहुन्न्,’ उनले भने, ‘फेरि टिकट पाएँ खुशी छु ।’

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला