१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

हेटौंडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

सोही अनुसार मेयर पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुद लगायतका क्षेत्रहरुलाई विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ । उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : १० बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति