२१ माघ २०८२, बुधबार | February 4, 2026

पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता



पाल्पा । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।

काँग्रेसको भागमा परेको माथागढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सन्तोष कुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी वडा नं १ को वडा अध्यक्षमा महेन्द्र जि.सी वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दिपक थापा, वडा नंं. ४ को अध्यक्षमा मधु पराजुली, वडा नं. ५ को अध्यक्षमा गणेशजङ गाहा, वडा नं. ६ को अध्यक्षमा युब बहादुर ठाडा, वडा नं. ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं. ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न आउने कार्यकर्ताहरुले बाजागाजा सहित उम्मेदवारहरुलाई निर्वाचन कार्यालय पु¥याएका थिए ।

रैनादेवी छहरा गाउँपालिकामा पनि गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै वडा नं. १ को अध्यक्षमा सोम बहादुर दर्लामी , २ को अध्यक्षमा दान बहादुर पौडेल ,३ को अध्यक्षमा प्रदिप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमान सिंह कार्की ६ को अध्यक्षमा डोम बहादुर घर्ती ,७ को अध्यक्षमा देबेन्द्र पुन र वडा नं. ८ को अध्यक्षमा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन ।

यस्तै रम्भा गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा भने नेकपा समाजवादीका उम्म्ेदवार दुर्गा प्रसाद अधिकारीले मनोनयन दर्ता गरे । यहाँ वडा नं. १ को वडा अध्यक्षमा इश्वर काफ्ले, वडा नं. २ को वडा अध्यक्षमा रमेश पछाई, वडा नं. ३ को वडा अध्यक्षमा थम्मनबहादुर गाहा, वडा नं. ४ को वडा अध्यक्षमा चेत नारायणश्रेष्ठ र वडा नं. ५ को वडा अध्यक्षमा बिष्णु बहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै तानसेन नगरपालिकामा गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लाल श्रेष्ठले प्रमुख र नेकपा माओवादीका उम्मेदवार प्रतिक्षा सिंजालीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

रामपुर नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रमण बहादुर थापा र उप–प्रमुखमा बालकुमारी थापाले उम्मेदवारी दिए । रिब्दीकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार नारायण बहादुर कार्कीले अध्यक्ष र काँग्रेसका उम्मेदवार कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तिनाउ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार राजेश श्रेष्ठ र काँग्रेसका उम्मेदवार लालबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिए । यस्तै पूर्वखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार मिन गिरीले अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दिएका छन् ।

निस्दी गाउँपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्यालले अध्यक्ष र उपाध्यक्षमा नेकपाका उम्मेदवार रामप्रसाद खत्रीले उम्मेदवारी दिए । यस्तै बगनासकाली गाउँपालिमा गठबन्धनको तर्फबाट अध्यक्षमा काँग्रेसका जिल्ला सचिव सुनिता अधिकारी र उपाध्यक्षमा नेकपा एस (एकिकृत समाजवादी) का उम्मेदवार कमल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : १९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता