२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने



बागलुङ । सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ ।

विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका थिए । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढेका हुन भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।

विसं २०७४ को चुनावमा बानपामा एमाले-राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो चुनावमा कांग्रेससँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ ।

सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले-राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उम्मेदवारी परेको छ । विसं २०७४ को चुनावमा एमाले-राजमो-राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भऐका थिए ।

सोही गठबन्धनले नगरका ११ वडामा जीत निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो । अहिले वडामा पनि गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दैछन् ।

जिल्लाका अरु स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुख-अध्यक्षलाई पुनः उम्मेदवारमा दोहो¥याएका छन् । विसं २०७४ को चुनावमा पराजित भएका पनि फेरि उम्मेदवार बनेका छन् । कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहनुभएका भरत शर्मा गैरेलाई फेरि उम्मेदवार बनाएको छ । यस्तै तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन ।

एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन । गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन ।

राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ०६ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला