२७ असार २०८३, शनिबार | July 12, 2026

एमाले-माओवादी गठबन्धनलाई ढलाएर सिद्धार्थनगर ७ भैरहवामा वडा अध्यक्ष जितेका भिमसेनले त्यागे नेपाली कांग्रेस



भैरहवा । जिवनभर कांग्रेस बाहेक अन्यत्र कल्पना नगरेका भैरहवाका कांग्रेसका बुराना नेता भिमसेन कर्माचार्यले पार्टी परित्याग गरेका छन् । २०७४ सालमा तत्कालिन एमाले माओवादी गठबन्धनलाई पराजित गरेर नेपाली कांग्रेसबाट निर्वाचित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका कर्मचार्य सहित कांग्रेस वडा नम्बर ७ सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्यले पार्टी परित्याग गरेका हुन् ।

मंगलबार कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्कालाई राजीनामा दिदै पार्टीकोसाधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको वडा सभापति पौडेलले जानकारी दिए ।

दशकौं देखि अनवरत रुपमा पार्टीलाई उर्जा प्रदान गर्दै योगदान गरेपनि आसन्न निर्वाचनमा पार्टीले मुल्यांकन नगरेका कारण परित्याग गर्नु परेको उनीहरुले बताएका छन् । पार्टी सिद्धान्तमा नभई व्यक्तिवादी हाबी भएकोले र कुनै सल्लाह सुझाव नलिई एकलौटी निर्णय मनपरी पार्टी चलाएको भन्दै साधारण सदस्य समेत नरहने गरी परित्याग गरिएको उनीहरुले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : ०५ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका