२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपिएल : बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।

पुनेमा भएको खेलमा राजस्थानले बेंलोरलाई २९ रनले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलोर १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो ।

यो राजस्थानको छैटौं जित हो । योसँगै १२ अंक जोडेर राजस्थान शीर्षस्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले ५६ रन बनाएका थिए।

त्यस्तै, सञ्जु सामसनले २७ र रविचन्द्र आश्विनले १७ रन बनाए। बेंगलोरका लागि मोहमद सिराज, जोश हाजलउड र बानिन्दु हसरंगाले २-२ विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : १९ बजे

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १