१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कीर्तिमानी सगरमाथा आरोहिको बालबिवाह रोकथाम अभियानले मूर्त रुप लिँदै



काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र बस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिएकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । सगरमाथा आरोहरणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको संख्या ८४ हजार एक सय १५ रहेका छन् ।

नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएका थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा ‘शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९’ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उदघोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : २२ बजे

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा