१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी



काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।

त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय गर्ने सपना बोकेका युवा विद्यार्थीमाथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरूको गुनासो रहेको पाइन्छ ।

स्नातक तह दोस्रो वर्षको परीक्षा गत वैशाख २०७८ मा भएको थियो । हालसम्म पनि त्रिविले सो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन । एक विद्यार्थी परीक्षा दिएर विवाह गरेपछि बच्चा जन्मिएको र विवाहको वार्षिकोत्सवसमेत मनाउँदा पनि परीक्षाफल प्रकाशित नभएको बताउँछिन् ।

स्नातक तहतर्फको प्रायः सबै संकायको परीक्षाफल लामो समयदेखि प्रकाशन नभएको पाइएको छ । भदौमा सम्पन्न एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित नभएको पाइएको छ ।

कानुन संकायतर्फ भने दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भइसकेको छ । त्रिविका स्नातक तह, स्नातकोत्तर तहका विभिन्न संकायको नतिजा प्रकाशनमा ढिला हुने गरेको छ ।

वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परीक्षाफल ढिला हुने गरेको विद्यार्थीको गुनासो छ । गत साउन÷भदौमा डिन कार्यालयले लिएको सामाजिक शास्त्र, अर्थशास्त्रलगायत विषयको नतिजा हालसम्म पनि प्रकाशन हुन सकेको छैन । अन्य संकाय र तहको परीक्षाफल प्रकाशनमा समेत ढिलाइ हुने गरेको पाइएको छ ।

त्रिविले जनशक्तिको अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिएको छ । त्रिविले लामो समयदेखि जनशक्तिको अभावमा देखाएर परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गर्ने गरेको पाइएको छ ।

शिक्षामन्त्रीको चासो, छैन सुधार

शिक्षामन्त्री देवेन्द्र पौडेल केही समयअघि त्रिवि परीक्षा नियन्त्रण कार्यालय पुगेर अनुगमन गरेका थिए । त्यस क्रममा उनले परीक्षाको नतिजा छिटो प्रकाशन गर्न तथा परीक्षा सरल र सुलभ तरिकाले हुने बनाउन निर्देशन दिएका थिए ।

मन्त्री पौडेल त्रिवि पुगेर निर्देशन दिए पनि त्यसपछि उनले सुधार के भयो भनेर दोहो¥याएर चासो राखेको पाइएको छैन भने त्रिविले पनि आफ्नो कार्यशैलीसमेत परिवर्तन नगरेको पाइएको छ ।

त्रिविमा सास्ती नै सास्ती

त्रिविको ढिलासुस्तीका कारण विद्यार्थीहरूले अनेकौं सास्ती बेहोर्नुपरेको गुनासो छ । ट्रासक्रिप्ट, रजिस्ट्रेसनलगायतको काममा ढिलासुस्ती हुने गरेको विद्यार्थीहरू बताउँछन् । त्यसो त परीक्षा नियन्त्रण कार्यालयमा कुनै काम लिएर जाँदा बैंकमा नै १ घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरूको भनाइ छ ।

त्रिविका कर्मचारीले सानोतिनो काममा पनि सहजीकरणभन्दा नि अल्झाइदिने, ट्रासक्रिप्टलगायतको कामका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरू बताउँछन् ।

ओखढुंगाका राजन ढुंगानाले बैंक प्रणाली, रजिस्ट्रेसन फर्म, ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट भर्न मिल्ने बनाउन आग्रह गरेका छन् ।आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : १७ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान