२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

चेल्सी र युनाइटेडको बराबरी



काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन् ।

युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।

पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।

माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।

चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ११ बजे

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १