१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ



रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक पक्राउ परेका छन् ।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ कासीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : १७ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र