२९ भदौ २०८३, सोमबार | September 15, 2026

एनएसएललाई एन्फाले दियो १५ भदौको नयाँ मिति



काठमाडौं । विभिन्न प्रश्न र प्रतियोगिताको अस्तित्वकाबीच रोकिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति तोकेको छ ।

एन्फाले बिहीबार चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोज सम्मका लागि नयाँ मिति दिएको हो । तर, आयोजकले यस समयमा अत्याधिक वर्षा हुने कारण देखाउँदै पूर्व निर्धारित समयमै प्रतियोगिता गर्न दिन आग्रह गरेको छ ।

‘हामीलाई एन्फाले हिजो (बिहीबार) नयाँ मिति दिएको छ । तर, त्यो समयमा अत्याधिक वर्षा हुने हुँदा पूर्व निर्धारित समय नै माग गरेका छौं,’ एनएसएल स्रोतले न्युज कारखानालाई भन्यो । यसअघि आयोजकले २५ भदौदेखि ५ कात्तिकसम्म प्रतियागिताको लागि स्वीकृत मागेको थियो ।

एन्फा महासविच इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि नयाँ मिति स्वीकृत गरेको न्युज कारखानालाई बताए । एन्फाका तर्फबाट तुलाधरले पत्रका हस्ताक्षर गरेका छन् ।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको एनएसएल दोस्रो संस्करण भने विभिन्न विवादपछि स्थगित भएको थियो ।

एनएसएल सहभागी १० क्लबले ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई नियमविपरीत मार्की खेलाडी घोषणा गर्नु र एन्फाले अक्सनसमेत रोक्न आग्रह गर्दा नरोकिएपछि प्रतियोगिता स्थगितसम्म पुगेको थियो ।

यसपछि ए डिभिजन खेल्ने चार क्लबले एनएसएल प्रतियोगिताको आयोजना र अस्तित्वका विषयमा प्रश्न उठाएपछि विवाद सतहमा आएको थियो । र एनएसएस स्थगित भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : २७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ