२१ बैशाख २०८३, सोमबार | May 5, 2026

आचारसंहिता पलानामा बुटवलका संचारकर्मीहरुको प्रतिवद्धता



बुटवल । स्थानीय तहको निर्वाचन लक्षित गरी लम्बिनी प्रदेशको मुकाम बुटवलमा मिडिया आचारसहिंताका विषयमा संवाद गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय संवाद समूहको आयोजना भएको उक्त संवाद कार्यक्रममा सहभागिहरुले आचारसँहिता पालनामा प्रतिवद्धता जनाएका छन् ।

यस क्षेत्रका अगुवा पत्रकारहरुको सहभागितामा भएको संवाद तथा छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले निर्वाचन आचारसहिंता पालना गर्न मिडियाकर्मी र अन्य सबै पक्षलाई आग्रह गरे । उनले निष्पक्ष र धादलि रहित स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दायित्व सबैको भएको बताउंदै निर्वाचन सम्पन्न गर्नका लागि सहयोगका लागि मिडियाकर्मीहरुसँग सहयोग मागे । उनले कर्मचारी र श्रोतसाधनको अत्यन्त कमी रहेको बताउँदै त्यसका बावजद पनि सूचनाको पहुंचलाई सहज बनाउने प्रतिवद्वता जनाए ।

मिडियाकर्मीप्रति कुनै आग्रह पूर्वाग्राही नराख्ने बताउंदै स्तरहिन र छाडा युटुबरहरुप्रति निर्वाचन आयोगले विश्वास नगर्ने बताए । छाडा गाली गर्न माध्यम नै युटुबर बन्न पुगेको भन्दै सबै मिलेर युटुव आतंक बन्द गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा पत्रकारहरुले निर्वाचन आचारसहिंता उलंघन भएका घटनाहरु निर्वाचन आयोगले सार्वजनिक गर्नुपर्ने बताए । सो अवसरमा, महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, पत्रकार महासंघ रुपनदेही अध्यक्ष रामराज पोखरेल, सामुदायिक टेलिभिजनका अध्यक्ष दिनेश पाण्डे, नेपाल टेलिभिजन एशोसिएसनका प्रदेश अध्यक्ष विष्णु भुषाल , कान्तीपुर दैनिकका लुम्बिनी प्रदेश व्यूरो प्रमुख दिपेन्द्र वडुवाल, प्रेस चौतारी जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रगतीशिल पत्रकार सघका श्याम पोखरेल, खवरकुराका सम्पादक शरण कर्मचार्य, लगायतले बोल्दै आचारसहिंता पालना गर्नुपर्नेमा जोड दिएका थिए कार्यक्रमको सहजिकरण संवाद समुहका बुटवल सहजकर्ता बिक्रम खड्काले गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०४ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,