७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

स्थानीयतह निर्वाचनको मुख्खैमा लुम्बिनी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभाको दशौं अधिवेशन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दशौं अधिवेशनको आह्वान गरेका छन् । बैशाख २० गते बैठक बस्ने गरि प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयको सूचनाको आधारमा प्रदेशसभा सचिवालयले आज एक सूचना प्रकाशित गर्दै बैशाख २० गते दिनको १ बजे बस्ने गरि प्रदेशसभको बैठक बस्ने जनाएको छ । सूचनमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट प्रदेशसभा बैठक आह्वान भएको जनाइएको छ ।

प्रदेशसभा नियमावलीको नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरुलाई बुटवल स्थित प्रदेशसभाको बैठक कक्षमा उपस्थित हुने प्रदेशसभा सचिवालयले सूचित गरेको छ ।

प्रदेशसरकारले दशौं अधिवेशन दाङमा नवनिर्मित प्रदेशसभा भवनमा बसाल्ने प्रयास शोरुप बैठक आह्वान गर्न ढिला गरेको भएपनि प्रदेशसभाको बैठक ६ महिना भित्र बस्नैपर्ने प्रावधानका आधारमा बैठक बोलाइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । भवन सम्पन्न हुँदा ६ महिना नाघ्ने अवस्था आएपछि सबै सांसदहरु स्थानीय तह निर्वाचनमा व्यस्त भएका बेला सरकारले प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ०७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा