२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपिएल : लखनउसँग पन्जाब २० रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको छ ।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ५४ रनको लक्ष्य भेट्न नसक्दा पन्जाब पराजित भएको हो । उसले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि जोनी बेयर्सटो ३२, कप्तान मायांक अग्रवाल २५, ऋषि धवनले २५ रन बनाए भने लियाम लिभिङस्टोनले १८ रन जोडे ।

लखनउका मोसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्नाल पान्डयले दुईदुई विकेट लिए ।

लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । उसका लागि क्विन्टन डी कक ४६, दीपक होडाले ३४ रन बनाउँदा पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट हात पारेका थिए ।

यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा पुगेको लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५९ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन