१९ बैशाख २०८३, शनिबार | May 2, 2026

बुटवल गठबन्धनका मेयर उम्मेदवार पाण्डेको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु



बुटवल । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मेयर पदमा निर्वाचित भएमा अहिले जुन अवस्था छ, अवधि सकिएर बाहिरिदा पनि त्यही अवस्थामा निस्किने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ मा गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेले अहिले पनि आफ्नो घर नभएको र मेयर भएपछि पनि आफू घरघडेरी जोड्ने भन्दा पनि जनताको सेवामा खटिने बताए । ‘मेरो अहिले पनि बुटवलमा घर छैन ।’ उनले भने –‘यदि मेयर भएँ भने त्यसतिबेला पनि घरघडेरी जोड्ने छैन र अवधि सकिएपछि अहिलेकै अवस्थामा त्यहाँबाट निस्कनेछु ।’

उनले यस अगाडि एमालेले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन्छौ भनेर भुक्याएर चुनाव जितेपनि उनीहरुका समस्या जस्ताको त्यस्तै रहेको बताए । उनले अब आफूले चुनाव जितेमा बुटवलका २१ हजार घरपरिवारलाई लालपुर्जा वितरणको प्रवन्ध मिलाउने बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले सुखी नगर, खुसी नगरबासी नारा लिएको भएपनि एमालेको नेतृत्वमा अहिले त्यसको ठिक उल्टो भएको दावी गर्नुभयो । एमालेले जनतालाई झुक्याउने र पार्टीका सिमित नेताहरु अनुकुल काम गरिरहेकाले मतदाताले त्यसको हिसाव किताव खोजिरहेको बताए । प्रतिगमनको विरुद्धमा लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धन भएको बताउँदै उनले यो गठबन्धनलाई देशी विदेशी कुनैपनि शक्तिले भत्काउन नसक्ने जिकिर गरे ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको सत्ता गठबन्धनबाट बुटवलको मेयरमा काँग्रेस नेता खेलराज पाण्डे, उपमेयरमा नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ सहित वडा नं. ३ मा अध्यक्षमा विष्णु ढकाल तथा सदस्यहरुमा शिला पौडेल, शान्ति विक, अमृत खड्का र हरिनारायण मिश्रको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ०६ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,