२९ भदौ २०८३, सोमबार | September 14, 2026

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयोः कांग्रेस प्रवक्ता



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार दुई सय ६५ जना उम्मेदवार मेयरमा, तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, एक सय ९४ जना उम्मेदवार उपमेयर र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए। देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए।

दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ र दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए।

नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ३४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ