१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ देशभरको आजको मौसम



काठमाडौं । हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर-१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि आज बिहानदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदली रहनेछ ।

प्रदेश-१, मधेस र गण्डकी प्रदेशका केही स्थानहरू र वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै