२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बुटवलमा पनि मनाईयो विश्व मजदुुर दिवस



बुटवल । विश्वका मजदुर एक हौं भन्ने मुल नाराका साथ बुटवलमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईएको छ । नेपाल नेपाल ट्रेड युनियन महासंघ बुटवल उपमहानगरकमीटिको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गर्दै अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले निकट जिफण्ट राष्ट्रिय कमिटि उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज कमल गौतमलले मजदुरको सम्मान विना आर्थिक समृद्धि संभव नभएको बताए । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका नेता गौतमलले मजदुर आन्दोलनमा नेकपा एमालेको साथ सहयोग रहेको बताए ।

उनले सबैको एकताबाट मात्रै मजदुर आन्दोलनले सार्थकता पाउने भन्दै आफ्नो पार्टी जहिले पनि मजदुरको पक्षमा रहेको बताए । मजदुरको पक्षमा विभिन्न दलले आफ्नो घोषणा पत्रमा विभिन्न सेवा सुविधा प्रदान गर्ने घोषणा गरेपनि सोही अनुसार कार्यान्वयन नभएको भन्दै उनले चुनावको बेलामा मात्रै मजदुर सम्झीने अन्य दलका व्याक्तिलाई यस पटक विचार गरेर मात्रै मत दिनुपर्ने धारणा समेत राखे ।

कार्यक्रममा नेकपा एमाले बाट बुटवल उपमहानगरपालिकाका मेयरका उमेद्बार बाबुराम भट्राईले मजदुरको पक्षमा विगत लामो समय देखि वकालत गर्दै आएको बताउँदै आफु जहिले पनि मजदुरको पक्षमा रहेको बताए । खासगरी मजुरको सुरक्षा, विमा लगायत उचित पारिश्रमीक प्रदानको लागि आफ्नो पार्टीले निरन्तर पहल गर्ने जानकारी दिदै उनले बुटवलको सडक निर्माणको कारण परेको असरमा आफु मेयर बनेपछि ६ महिना भित्रमा सडक निर्माण पुरा गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा उप प्रमुखका उमेद्बार सावित्रा अर्यालले सबैको साथ र सहयोगबाट मजदुर आन्दोलनबाट आफु यो स्थान सम्म आएको भन्दै भोट दिएर जिताउन आग्रह गरिन् ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटि सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश मजदुर ईन्चार्ज हरि बहादुर कार्की, जिफन्ट राष्ट्रिय कमिटि सदस्य तथा वडा नम्बर १ का सदस्य राजु भट्टराई, शारदा पौडेल, जिवन अधिकारी, लगायतले आ(आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ५२ बजे

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा