७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलका औषधी व्यवसायीहरु बावुरामको पक्षमा !



बुटवल । रुपन्देहीमा क्रियाशिल पाँच औषधी तथा सर्जिकल ब्यवसायीहरुको संस्थाहरुले नेकपा एमाले पार्टीबाट बुटवल उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखका उम्मेदबारसंग भेटघाट गरि चुनावमा सघाउने प्रतिबद्धता जनाएका छन् । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही, क्याम्सन रुपन्देही, मेलान रुपन्देही, राष्ट्रिय स्वस्थ्यकर्मी संघ रुपन्देही, फार्मेसी संघ रुपन्देहीको संयुक्त आयोजनामा ती संस्थाहरुले औषधी व्यवसायी संघबाट केन्द्रीय नेतृत्व गरिसकेका निवर्तमान अध्यक्ष तथा नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराई र उपप्रमुख अर्याललाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।

बुटवलमा पुराना औषधी ब्यवसायी भट्टराइले बिस २०३७ सालमा औषधीको कारोबार शुरु गरेका थिए ।

भेटघाट कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार भट्टराईले ब्यवसायसंगै औषधीको मुद्दालाई जिल्ला, क्षेत्र हुदै केन्द्रसम्म लग्ने कामको सुरुवात आफुले गरेको बताए । उनले औषधी ब्यवसायीहरुको संघ आफ्नो घर नै भएको बताउछन । औषधी ब्यवसायलार्ई थप ब्यवस्थित र मर्यादित गर्ने प्रतिबद्धता जनाए । उनले समग्र स्वस्थ्यसहितको एकीकृत सेवा कार्वान्वय गरिने बताउँदै बुटवललाई आर्थिक राजधानीका रुपमा विकास गर्ने लक्ष्य अनुसार आफुहरु शिक्षा, स्वस्थ्य, पर्यटन, ब्यवसाय र उद्योगका योजनाबद्ध विकास गर्ने बताए ।

बुटवललाई शिक्षाको हब, मेडिकल हब र पर्यटकिय हब बनाउने प्रतिवद्घता पनि भट्टराइले जनाए । लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरवृद्घि, आम्दालाई सिटि अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार ३ तहकै सरकारसंग समन्वय गर्ने उनले बताए । औषधी ब्यवसायीहरुलाई करको दायरालाई फराकिलो बढाउने र दर घटाउने र त्यसको सहि उपयोग गर्ने गरि आफुहरु अघि बढ्ने पनि भट्टराईले बताए ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफू विजयी भएपछि सबै नगरबासीहरुको घरदैलोमा पुगेर समस्या समाधानमा पहल गर्ने बताईन । शासक नभई सेवक बन्ने अवसर दिन आग्रह गर्दै उनले ब्यवसायीहरुको हकहितलाई विशेष ध्यान दिएर प्रतिबद्धता पत्र समेत तयार गरेको उनले बताईन ।

संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले बुटवलमा ब्यवसायिक क्षेत्रबाट पहिलोपटक नगरप्रमुख र उपप्रमुख उम्मेदवार पाउनु गर्वको विषय भएको बताए । औषधी ब्यवसायीका पिताका रुपमा रहेको भन्दै औषधि क्षेत्रमा रहेका अधिकास समस्याहरुलाई भट्टराईको नेतृत्वबाट समाधान हुने मा आशा ब्यक्त गरे । औषधी र सर्जिकल ब्यवसायीहरुको एकैथलोबाट बिक्रीवितरण गर्न रहेको कठिनाई समाधान हुनेसमेत उनले अपेक्षा राखे ।

कार्यक्रममा औषधि ब्यवसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली, अफिन लुम्बिनीका रामप्रसाद खरेल, फार्मेसी गणेश सेढाई, मेलानका नारायण पौडेल, क्याम्सन रुपन्देहीका दिपक भट्टराईले ब्यवसायीबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३२ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी