२ चैत्र २०८२, सोमबार | March 16, 2026

गठबन्धन उम्मेदवारसँग ज्योतिनगरबासीको गुनासो : उपमहानगरले हामीलाई हेरेन



बुटवल । बुटवलको ज्योतिनगर क्षेत्रका पहिरोपीडित जनताले बुटवल उपमहानगरपालिकाले आफुहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन ।

पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताएका हुन् ।

स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न गठबन्धन उम्मेदवार पाण्डेलाई आग्रह गरिन् । उनले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताइन् ।

स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काममात्र गरेको आरोप लगाए ।

स्थानीय मञ्जु भण्डारीले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेको आरोप लगाइन् ।

उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको जानकारी दिएका थिए । पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने आश्वासन दिए । उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : २७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन