१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बाँके प्रहरीबाट ठुलो परिणाममा सुन सहित एकजना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीबाट झण्डै १ केजी सुन सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलिले बाँके खजुरा गाँउपालिका एल गाँउबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङ जय पृथ्वी नगर पालिका १ पिमी कैलाश बस्ने २८ वर्षिय अशोक बहादुर सिंह रहेको बाँके प्रहरीले जनाएको छ । खजुरा २ एल गाउँ सुबेदी चोकबाट इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद तरिकाले हिडडुल गरी रहेको र प्रहरीलाई देखी भाग्न खोग्दै गर्दा पक्राउ गरि चेकजाच गर्ने क्रममा सिंहले साथमा बोकेको कालो रङगकोझोला भित्र मंगलसुत्र, वाला, दाना झुम्की, रामलिला, झाला, व्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्रा सुन, पत्थार र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुनको मुल्य अन्दाजी मुल्य रु ६२ लाख बराबरको रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रारम्भिक अनुसन्धानमा भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको खुल्न आएको डीएसपी न्यौपानेले बताए । प्रहरीका अनुसार भारतिय प्रहरी संग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको र अनुसन्धानमा प्रभाव पर्ने भएको भन्दै अन्य संलग्न ब्यक्तीको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले मालसमान धनिहरुको नाम पनि गोप्य राखेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ५४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी