२२ भदौ २०८३, सोमबार | September 8, 2026

बाँके प्रहरीबाट ठुलो परिणाममा सुन सहित एकजना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीबाट झण्डै १ केजी सुन सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलिले बाँके खजुरा गाँउपालिका एल गाँउबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङ जय पृथ्वी नगर पालिका १ पिमी कैलाश बस्ने २८ वर्षिय अशोक बहादुर सिंह रहेको बाँके प्रहरीले जनाएको छ । खजुरा २ एल गाउँ सुबेदी चोकबाट इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद तरिकाले हिडडुल गरी रहेको र प्रहरीलाई देखी भाग्न खोग्दै गर्दा पक्राउ गरि चेकजाच गर्ने क्रममा सिंहले साथमा बोकेको कालो रङगकोझोला भित्र मंगलसुत्र, वाला, दाना झुम्की, रामलिला, झाला, व्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्रा सुन, पत्थार र माला सहित बिभिन्न प्रकारका सुनाका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुनको मुल्य अन्दाजी मुल्य रु ६२ लाख बराबरको रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रारम्भिक अनुसन्धानमा भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको खुल्न आएको डीएसपी न्यौपानेले बताए । प्रहरीका अनुसार भारतिय प्रहरी संग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको र अनुसन्धानमा प्रभाव पर्ने भएको भन्दै अन्य संलग्न ब्यक्तीको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले मालसमान धनिहरुको नाम पनि गोप्य राखेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार