१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता



नेपालगन्ज । बाँकेको नरैनापुरमा पाँच वर्षअघि स्थानीय तह निर्वाचनमा राजनीतिक दलको पहिलो प्रतिबद्धता सडक र बिजुलीबत्ती थियो । तर परिस्थिति बदलिएसँगै अहिले दलको प्रतिबद्धता पनि फेरिएको छ ।

विगत दुई दशकदेखि सडक र विद्युत् नरैनापुरको चुनावी नारा र प्रतिबद्धता बन्दै आएकोमा अहिले फेरिएको हो । सडक र बत्ती पुगेपछि अब नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धताले प्राथमिकता पाएको छ । यतिबेला नरैनापुरमा राजनीतिक दलले फुसको छाना हटाउने प्रतिबद्धता लिएर भोट मागिरहेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए ।

“बाटो बनिसकेको छ, बिजुली पनि आइसकेको छ, त्यसैले अब फुसको छाना हटाउने विषय चुनावी नारा बनेको छ”, उनले भने । प्रत्येक वर्ष गर्मीयामसँगै नरैनापुरमा आगलागीका घटना हुने गरेका छन् । एक अर्कोमा जोडिएर बनाइएका फुसको छानाका घरमा एउटामा सल्किनासाथ बस्तीनै सखाप हुने गरेको छ ।

एक महिनाअघि गत चैत २१ मा नरैनापुर गाउँपालिका–४ कृष्णनगरमा आगलागी हुँदा १६ घर र एक गोठ जलेर नष्ट भएको थियो । फुसका घर हुने भएकाले हरेक वर्ष गर्मी सिजनमा आगलागीको समस्या हुने गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा गङ्गापुरका सभापति शालिकराम साहु तेलीले बताए ।

फुसको छाना हटाउनसके आगलागीको समस्या समाधान हुने उनको भनाइ छ । नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताए । वर्षेनि आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था रहेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

गाउँपालिकाको प्रमुख समस्याका रुपमा रहेको आगलागी समस्या समाधानका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिने नेकपा एमालेबाट अध्यक्ष पदकी उम्मेदवार पद्मावती यादवले बताए। उनले नरैनापुरमा मुख्य सडक र विद्युत्को लाइन पुगेपनि त्यसलाई व्यवस्थित गर्दै गाउँबस्तीमा पु¥याउने, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नरैनापुर गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’ पनि भन्ने गरिन्छ । पालिकाको केही भाग राप्ती नदीको डुवानमा पर्ने गर्दछ । वर्षौदेखिको सडक र विद्युत्को योजना डेढवर्ष अघि कोभिड महामारीकै बीचमा पूरा भएको थियो । अव नरैनापुर गाउँपालिकाको प्रमुख समस्या आगलागी रहेको छ । फुसका घर धेरै रहेकाले वर्सेनि ठूलाठूला आगलागी हुने गर्दछन् । जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्मद इस्तियाक अहमद शाह र कांग्रेसबाट रामचन्द्र मौर्यले अध्यक्षमा उम्मेदवारी दिएका छन । २०७४ सालमा नरैनापुरमा जसपाका शाहले चुनाव जितेका थिए । -रासस

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ०५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण