२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमाले र एकीकृत समाजवादी बन्न नसकेका नेता बामदेव गौतमले गीत लेख्दै मागे कलम चिन्हमा भोट (भिडीयो सहित)



बुटवल । एमाले, माओवादी र एकीकृत समाजवादी कतै नखुलेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको कलम चिन्हका लागि मत माग्दै चुनावी गीत लेखेका छन्।

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको लागि गौतमले लेखेको चुनावी गीतमा पटक पटक एकीकृत समाजवादीलाई हाम्रो पार्टी लेखिएको छ । गौतमले गीतमा एकीकृत समाजवादीले नै देश र जनातालाई गरिवीबाट मुक्ति दिलाउने लेख्दै कलम छापमा भोट हाल्न आह्वान गरेका छन् ।

आजैबाट गौतमले लेखेको गीतको म्युजिक भिडीयो युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव आफैले आफ्नो समेत दृष्य समावेश गराएका छन् ।

गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् भने नेपाल मुस्लिम इतेहाद संगठनको नामबाट इदको दिन पारेर लिंक सार्वजनिक गरिएको छ ।

नेकपा एमालेबाट राजीनामा दिएका गौतम सक्रिय रूपमा राजनीतिमा देखिएका छैनन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : २१ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११