२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवलमा पहिलो पटक ह्याकाथन



बुटवल । बुटवलमा संचालनमा रहेको क्रिमसन कलेजमा बुटवलमै पहिलो पटक ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ । २४ घण्टा सम्म लगातार कार्यस्थल मै रहेर विद्योर्थीहरुले विभिन्न विषय संग सम्बन्धित सफ्टवयेर, एप्स, वेभसाईट तथा रोबोटिक्स निर्माण गर्ने प्रतिष्प्रर्धात्मक कार्यक्रम गरि ह्याकाथन सम्पन्न भएको हो । उक्त कार्यक्रममा कलेजका ४८ जना बिद्यार्थीले रात दिन लगातार रुपमा काम गरी फरक फरक विधाका १२ वटा परियोजना हरु बिकास गरेका छन् ।

ह्याकाथन अन्तराष्ट्रिय स्तरमै प्रख्यात एक समन्वयात्मक तथा प्रतिष्प्रधात्मक प्रतियोगीता हो जसले बिधार्थीहरुमा रहेको नविनतम सोच सिप र दक्षतालाई उजागार गर्न सहयोग गर्दछ । प्राविधीक विषयमा अध्ययन गरीरहेका विधार्थीहरुको बिचमा प्रतिष्प्रधात्मक क्षमताको बिकास गरी बजारमा माग रहेका विभिन्न बिषय दिएर २४ घण्टा सम्म क्याम्पसको प्राविधीक ल्याब हलमै बसेर बिर्धार्थीहरुले १२ वटा विषयमा परियोजना बिकास गरेको आईटी फ्याक्ल्टी कोडिनेटर अब्दुल हकले जानकारी दिए ।

क्रिमसन कलेजका बिद्यार्थीहरुले स्थापना गरेको आईटी क्लबले आयोजना गरेको एक्त कार्य्रक्रममा प्रस्तुत भएका परियोजनाहरुको मुल्याकन गरी ३ वटा उत्कृष्ट परियोजनालाई पुरस्कृत गरीएको कार्यक्रमका मुल्यांकनकर्ता नारायण भुषालले बताए ।

उत्कृष्ट परियोजना बिकास गरेका विद्यार्थीलाई लक्षित गरी तत्कालै व्यवसायीक योजना तयारी तालिम प्रदान गरेर विध्यार्थीहरु स्वरोजागार र नया स्टार्ट अपमा समेत उत्प्रेरित गरीने प्राध्यापक मुकुन्द ज्ञवालीले बताए ।

क्याम्पस प्रमुख देबी भण्डारीले कलेजमा यस्ता खालका विद्यार्थी लक्षित कार्यक्रमहरु नियमित हुने र बजारले खोजेका सिपहरु विधार्थीलाई प्रदान गर्दै जाने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ५४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन