६ बैशाख २०८१, बिहिबार | April 19, 2024

बुटवल उपमहानगरमा उठेका नेवार उम्मेदवारहरु एउटै छानामुनी बसेर अन्तरक्रिया गर्दै



बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका नेवार उम्मेदवारहरुकाबीच अन्तरक्रिया गरिने भएको छ । उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका सबै पार्टी र स्वतन्त्र उम्मेदवारहरुसँग समुदायका लागि उनीहरुले तयार गरेको एजेण्डाका विषयमा अन्तरक्रिया गर्न लागिएको हो ।

नेवाः पत्रकार समाजको आयोजना र नेवा सेवा समितिको संयोजन सहित बुटवलमा क्रियाशिल नेवाः समुदाय सम्बद्ध पुचः र खलको तत्वावधानमा नेवार उम्मेदवारसँग अन्तरक्रिया हुन थालेको आयोजक नेवाः पत्रकार समाजले जनाएको छ । नेवाः समुदायबाट उम्मेदवारी पाउन सफल उम्मेदवारहरुसँग बुटवलमा नेवाः भाषा, संस्कृति र सम्पदा संरक्षणका विषयमा छलफल गरेर साझा धारणा बनाउन अन्तरक्रिया कार्यक्रम थर्न थालिएको नेवा सेवा समाजका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिकामा ठुलो संख्यामा नेवाःसमुदायको बसोबास हुँदै आएको भएपनि ४ वटा वार्डमा वार्ड अध्यक्ष सहित २७ जना नेवारहरुलाई मात्र बिभिन्न दलहरुले उम्मेदवार बनाएका छन् ।

बिहिबार मध्यान्ह १ बजे आयोजना हुने अन्तरक्रियामा बुटवलका बिभिन्न नेवाः संघ संस्थामा आवद्ध पदाधिकारी सहित नेवार उम्मेदवारहरुलाई अन्तरक्रियामा भाग लिन आमन्त्रण गरिएको नेवाः पत्रकार समाजका अगुवा पत्रकार स्वस्तिक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ०९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी