२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल उपमहानगरमा उठेका नेवार उम्मेदवारहरु एउटै छानामुनी बसेर अन्तरक्रिया गर्दै



बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका नेवार उम्मेदवारहरुकाबीच अन्तरक्रिया गरिने भएको छ । उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका सबै पार्टी र स्वतन्त्र उम्मेदवारहरुसँग समुदायका लागि उनीहरुले तयार गरेको एजेण्डाका विषयमा अन्तरक्रिया गर्न लागिएको हो ।

नेवाः पत्रकार समाजको आयोजना र नेवा सेवा समितिको संयोजन सहित बुटवलमा क्रियाशिल नेवाः समुदाय सम्बद्ध पुचः र खलको तत्वावधानमा नेवार उम्मेदवारसँग अन्तरक्रिया हुन थालेको आयोजक नेवाः पत्रकार समाजले जनाएको छ । नेवाः समुदायबाट उम्मेदवारी पाउन सफल उम्मेदवारहरुसँग बुटवलमा नेवाः भाषा, संस्कृति र सम्पदा संरक्षणका विषयमा छलफल गरेर साझा धारणा बनाउन अन्तरक्रिया कार्यक्रम थर्न थालिएको नेवा सेवा समाजका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिकामा ठुलो संख्यामा नेवाःसमुदायको बसोबास हुँदै आएको भएपनि ४ वटा वार्डमा वार्ड अध्यक्ष सहित २७ जना नेवारहरुलाई मात्र बिभिन्न दलहरुले उम्मेदवार बनाएका छन् ।

बिहिबार मध्यान्ह १ बजे आयोजना हुने अन्तरक्रियामा बुटवलका बिभिन्न नेवाः संघ संस्थामा आवद्ध पदाधिकारी सहित नेवार उम्मेदवारहरुलाई अन्तरक्रियामा भाग लिन आमन्त्रण गरिएको नेवाः पत्रकार समाजका अगुवा पत्रकार स्वस्तिक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ०९ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका