२९ भदौ २०८३, सोमबार | September 14, 2026

सेयर बजार ३१ अंकले घट्यो, एक अर्ब २६ करोडको कारोबार



काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ ।

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अंकले ओरालो लागेको थियो ।

नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालो लागेको छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन ।

नेप्सेमा बुधबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ। जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : २५ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको