डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
आज बिहान हेलिकोप्टरबाट उद्धार गरिएका पर्यटकलाई सकुशल सदरमुकाम दुनै ल्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर अपर डोल्पातर्फ थप यात्रामा निस्किएका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
उद्धार गरिएका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।
रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले पर्यटकको उद्धारका लागि आइतबार पनि प्रयास गरिएको भए पनि प्राविधिक समस्याका कारण उद्धार हुन नसकेको बताइन् ।
















प्रतिक्रिया