११ बैशाख २०८१, मंगलबार | April 23, 2024

राष्ट्रिय भलिवलः महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित



काठमाडौं । आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ ।

एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो ।

जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो ।

आज नै भएको महिलातर्फको दोस्रो तथा अन्तिम खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्‍यो ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : १७ बजे

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई