१ असार २०८३, सोमबार | June 15, 2026

राष्ट्रिय भलिवलः महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित



काठमाडौं । आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ ।

एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो ।

जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोड्यो ।

आज नै भएको महिलातर्फको दोस्रो तथा अन्तिम खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्‍यो ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : १७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट