२० श्रावण २०८३, बुधबार | August 5, 2026

भाषा, संस्कृति र सम्पदा संरक्षणमा बुटवलका २८ जना नेवाः उम्मेदबार प्रतिबद्ध



बुटवल । स्थानिय निर्वाचन २०७९ मा बुटवल उपमहानगरपालिकामा विधिन्न पार्टीबाट उम्मेदवार बनेका नेवाः समुदायका उम्मेदवारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षणमा इमान्दार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेवाः सेवा समिति बुटवलको संयोजन तथा नेवास् पत्रकार समाजको आयोजनामा बुटवलमा भएको परिचय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेवा उम्मेदवारहरुले आफुहरुले चुनाव जिते भाषा, संस्कृतिको सम्बर्धन गर्न क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे ।

नेवाः सेवा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक चिरञ्जीवी श्रेष्ठले नेवा समुदाय संगठित रहेको बुटवल उपमहानगरपालिकाभित्र सबै दलका विचार बोकेका नेवाहरु एकठाँउमा उभिएर समुदायको हितमा काम गर्नु पर्ने बताए ।

नेवाः पत्रकार समाजका संयोजक शरण कर्माचार्यले नेपालकै मध्ये भागमा पर्ने बुटवल नगर नेवार समुदायको बलियो उपस्थित रहेको दाबी गरे । उनले करिब साढे ६ प्रतिशतभन्दा बढि नेवार समुदायको जनसंख्या रहेको बुटवलमा आफ्नो हकहित र संस्कृति जगेर्ना गर्न स्थानीयतह निर्वाचन नेतृत्वमा आउने अवसरकारुपमा भएको बताए । नेवारी भाषाको संरक्षणका लागि अनिवार्य नेवार शिक्षा आवश्यक भएको उनले बताए । गुठी परम्परा अप्नाउने नेवार समुदाय परम्परा छाडेर आफ्नै समुदायका बिरुद्ध लाग्ने गरेको बताए ।

कार्यक्रममा नेवा पुच, नेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले निर्वाचन पार्टीबाट निर्देशित हुने र आफुहरु भावनात्मक रुपमा एकतावद्घ रहेको बताए । कुनै बेला बुटवलमा नेवार समुदाय राजनिति, वित्तिय क्षेत्रमा बलियो रहेको स्मरण गर्दै अहिले अवस्था परिवर्तन भएको उनले बताए ।

वडा नं ५ का वडाअध्यक्षका उम्मेदवार हरि प्रसाद श्रेष्ठले पुरानो बस्ती बुटवलको विकासमा नेवार समुदायको धेरै योगदान रहेको बताए । ईतिहासको अध्ययनबाट करीब १ सय ६२ वर्षअघि बुटवलको बस्ती बिकासमा नेवारहरुको अगुवाई भएको भन्दै यीनै योगदान जोगाउन अब नेतृत्वमा नेवार समुदायबाट आउनुपर्ने उनले बताए ।

वडा नं १ का वडाअध्यक्षमा उम्मेदवार महेन्द्र लिगलले नेवारबादलाई कहाँ लग्ने भन्ने योजना बनाउने काम हुने बताए । आफु बिजयी भए संस्कृति शहरको रुपमा धरोहर बनाउने उनले बताए । घोषणापत्रमा जातजातीहरुको विविध संस्कृति संरक्षणलाई जोडेको पनि उनले बताए । वडा नं ११ का वडा सदस्यका उम्मेदवार लक्ष्मण श्रेष्ठले आफनो वडामा कुल १६ हजार मत रहेको मध्ये ३ हजार नेवारहरुको मत रहेको भन्दै बढीभन्दा साथ सहयोगको अपेक्षा गरे ।

नेवा पुच देविनगरका अध्यक्ष लक्ष्मण श्रेष्ठले कार्यक्रम ढिलो भएको भन्दै आगामी दिनमा समयमा नै संगठनमा लाग्नुपर्ने बताए । बुटवलमा पछिल्लोसमय लोप हुँदै पहिचान हराउदै गएको भन्दै उनले योजनाबद्घ रुपमा संगठित भएर लाग्न सुझाव दिए ।

कार्यक्रममा वडा नं ६ का वडाअध्यक्षका उम्मेदवार दिपक श्रेष्ठ, वडा नं ९ का वडा सदस्यका उम्मेदवार बिमला श्रेष्ठ, भिमसेन गुठीका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, समितिका सदस्य सुमन श्रेष्ठले उम्मेदबारहरुलाई सफलताको शुभकामना दिएका थिए ।

बुटवल उपमहानगरपालिकामा स्थानिय निर्वाचनमा नेवार समुदायका २८ जना वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवार छन ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ४६ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा