१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भाषा, संस्कृति र सम्पदा संरक्षणमा बुटवलका २८ जना नेवाः उम्मेदबार प्रतिबद्ध



बुटवल । स्थानिय निर्वाचन २०७९ मा बुटवल उपमहानगरपालिकामा विधिन्न पार्टीबाट उम्मेदवार बनेका नेवाः समुदायका उम्मेदवारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षणमा इमान्दार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेवाः सेवा समिति बुटवलको संयोजन तथा नेवास् पत्रकार समाजको आयोजनामा बुटवलमा भएको परिचय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेवा उम्मेदवारहरुले आफुहरुले चुनाव जिते भाषा, संस्कृतिको सम्बर्धन गर्न क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे ।

नेवाः सेवा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक चिरञ्जीवी श्रेष्ठले नेवा समुदाय संगठित रहेको बुटवल उपमहानगरपालिकाभित्र सबै दलका विचार बोकेका नेवाहरु एकठाँउमा उभिएर समुदायको हितमा काम गर्नु पर्ने बताए ।

नेवाः पत्रकार समाजका संयोजक शरण कर्माचार्यले नेपालकै मध्ये भागमा पर्ने बुटवल नगर नेवार समुदायको बलियो उपस्थित रहेको दाबी गरे । उनले करिब साढे ६ प्रतिशतभन्दा बढि नेवार समुदायको जनसंख्या रहेको बुटवलमा आफ्नो हकहित र संस्कृति जगेर्ना गर्न स्थानीयतह निर्वाचन नेतृत्वमा आउने अवसरकारुपमा भएको बताए । नेवारी भाषाको संरक्षणका लागि अनिवार्य नेवार शिक्षा आवश्यक भएको उनले बताए । गुठी परम्परा अप्नाउने नेवार समुदाय परम्परा छाडेर आफ्नै समुदायका बिरुद्ध लाग्ने गरेको बताए ।

कार्यक्रममा नेवा पुच, नेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले निर्वाचन पार्टीबाट निर्देशित हुने र आफुहरु भावनात्मक रुपमा एकतावद्घ रहेको बताए । कुनै बेला बुटवलमा नेवार समुदाय राजनिति, वित्तिय क्षेत्रमा बलियो रहेको स्मरण गर्दै अहिले अवस्था परिवर्तन भएको उनले बताए ।

वडा नं ५ का वडाअध्यक्षका उम्मेदवार हरि प्रसाद श्रेष्ठले पुरानो बस्ती बुटवलको विकासमा नेवार समुदायको धेरै योगदान रहेको बताए । ईतिहासको अध्ययनबाट करीब १ सय ६२ वर्षअघि बुटवलको बस्ती बिकासमा नेवारहरुको अगुवाई भएको भन्दै यीनै योगदान जोगाउन अब नेतृत्वमा नेवार समुदायबाट आउनुपर्ने उनले बताए ।

वडा नं १ का वडाअध्यक्षमा उम्मेदवार महेन्द्र लिगलले नेवारबादलाई कहाँ लग्ने भन्ने योजना बनाउने काम हुने बताए । आफु बिजयी भए संस्कृति शहरको रुपमा धरोहर बनाउने उनले बताए । घोषणापत्रमा जातजातीहरुको विविध संस्कृति संरक्षणलाई जोडेको पनि उनले बताए । वडा नं ११ का वडा सदस्यका उम्मेदवार लक्ष्मण श्रेष्ठले आफनो वडामा कुल १६ हजार मत रहेको मध्ये ३ हजार नेवारहरुको मत रहेको भन्दै बढीभन्दा साथ सहयोगको अपेक्षा गरे ।

नेवा पुच देविनगरका अध्यक्ष लक्ष्मण श्रेष्ठले कार्यक्रम ढिलो भएको भन्दै आगामी दिनमा समयमा नै संगठनमा लाग्नुपर्ने बताए । बुटवलमा पछिल्लोसमय लोप हुँदै पहिचान हराउदै गएको भन्दै उनले योजनाबद्घ रुपमा संगठित भएर लाग्न सुझाव दिए ।

कार्यक्रममा वडा नं ६ का वडाअध्यक्षका उम्मेदवार दिपक श्रेष्ठ, वडा नं ९ का वडा सदस्यका उम्मेदवार बिमला श्रेष्ठ, भिमसेन गुठीका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, समितिका सदस्य सुमन श्रेष्ठले उम्मेदबारहरुलाई सफलताको शुभकामना दिएका थिए ।

बुटवल उपमहानगरपालिकामा स्थानिय निर्वाचनमा नेवार समुदायका २८ जना वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवार छन ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ४६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर